खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

फेरी पक्राउ परे डिल्लीराम खनाल

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा विभिन्न टिप्पणी गरेर चर्चामा आएका डिल्लीराम खनाललाई पक्राउ गरेको छ ।

उनलाई सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा फैलाउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

सेनाले दिएको सूचनाको आधारमा अनुसन्धान गरेर उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धान गर्न पक्राउ गरिएको ब्यूरोले जनाएकाे छ । 

खनाललाई अदालतबाट ७ दिनको समय लिएर अनुसन्धान सुरु भएको ब्युरोले जानकारी दियाे ।

खनाल यसअघि पनि पक्राउ परेका थिए । अभिनेत्री करिश्मा मानन्धरकाे निजी विषयमा आपत्तिजनक अभिव्यक्ति दिएपछि उनलाई ब्युरोले पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ५ : १७ बजे