सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

सुदूरपश्चिमको बजेट बहुमतले पारित

बैतडीमा १७ वर्षीय किशोरमाथि १८ वर्षीया किशोरी बलात्कृत गरेको आरोप

कैलाली । बैतडीमा एक किशोरी बलात्कृत भएकी छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिकाकी १८ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा पञ्चेश्वरकै १७ वर्षीय एक किशोरलाई पक्राउ गरिएको छ ।

किशोरीको उजुरीको आधारमा किशोरलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । असार २७ र भदौ २३ गते राति घरमै बोलाएर जबरजस्ती करणी गरेको आरोपमा किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

उनका अनुसार किशोरमाथि जवरजस्ती करणी मुद्दा दर्ता भएर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको छ । घटना किन ढिलो सार्वजनिक भयो भन्ने बिषयमा पनि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खत्रीले जानकारी दिए ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ३ : ३७ बजे