एजेन्सी । १८ देखि ३४ वर्ष उमेर समूहका अस्ट्रेलियन युवाहरू जुवा तासको जोखिममा रहेको सरकारी तथ्यांकले देखाएको छ ।
संघीय सरकारको एजेन्सीमा रहेको अस्ट्रेलियाली जुवा अनुसन्धान केन्द्र अस्ट्रेलियन इन्स्टिच्युट अफ फेमिली स्टडिज (एआईएफएस) ले प्रकाशित गरेको तथ्यांकले यस्तो बताएको हो ।
१८-३४ वर्षका अस्ट्रेलियन युवाहरू सबै प्रकारका जुवाहरूमा एक महिनामा औसत १ हजार ४५३ अस्ट्रेलियाली डलर (९१४ अमेरिकी डलर) खर्च गर्ने गरेको पाइएको हो । यो उमेर समूहका ८९ प्रतिशतले जोखिम मोलेर जुवा खेल्ने गरेको पाइएको तथ्यांकले देखाएको छ ।
प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार १२ : ०९ बजे
प्रतिक्रिया