सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

सुदूरपश्चिमको बजेट बहुमतले पारित

मानव बेचबिखनको आरोपमा प्रहरी नै पक्राउ

काठमाडौं । मानव बेचबिखनमा संलग्न रहेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एकजना प्रहरी नै पक्राउ परेका छन् ।

सोमबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान जीवराज तामाङलाई पक्राउ गरी हिजो नै अदालतबाट म्याद लिई अनुसन्धान सुरु गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार तामाङको मानव तस्करीमा ‘कनेक्सन’ देखिएपछि उनलाई पक्राउ गरी उनिमाथि आवश्यक अनुसन्धान भैरहेको छ । मानव बेचबिखनमा संलग्न गिरोहसँग मिलेर तामाङले नक्कली कागजात बनाउने र भ्रमण भिसामा समेत नागरिकलाई विदेश पठाउने कार्यमा उनको संलग्नता पाइएको प्रहरीले जनाएको छ ।

तामाङसँगै मानव तस्करीकै अभियोगमा अर्का एक व्यक्ति समेत पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  १२ : ०४ बजे