खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

बन्द भयो द्रुत बस सेवा !

काठमाडौं । काठमाडौं उपत्यकामा पहिलो पटक सञ्चालनमा आएको द्रुत बस सेवा बन्द भएको छ ।

गत असोज ३ गते संविधान दिवसको अवसर पारेर सुरु गरिएको रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा दसैँदेखि नै बन्द भएको हो ।

दसैँदेखि तिहारसम्म राजधानीका सडकमा जाम नहुने र यही बेला प्राविधिक र व्यवस्थापकीय समस्या सुल्झाउन द्रुत बस सेवा रोकिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बताए ।

उनले तिहारको बिदा सकिएकै दिनदेखि पूर्ण क्षमतामा द्रुत बस सञ्चालन हुने दाबी गरे । द्रुत बस सेवा रोकिएको नभएर अहिले २५ वटा मात्र सञ्चालनमा रहेकामा त्यो संख्या बढाएर लैजाने गरी तयारी थालिएको मन्त्री ज्वालाको भनाइ छ ।

कार्यालय समयलाई ध्यानमा राख्दै द्रुत बस सेवा सञ्चालनमा ल्याइएको थियो । दैनिक बिहान ९ बजेदेखि ११ बजे र साँझ ४ बजेदेखि ६ बजेसम्म द्रुत बस सेवा सञ्चालन हुँदै आएको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ८ : ५२ बजे