सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

सुदूरपश्चिमको बजेट बहुमतले पारित

अवैधरूपमा सुन कारोबार गर्ने पाँच जना पक्राउ

काठमाडौं ।  अवैधरूपमा सुन कारोबार गर्ने पाँच जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले साढे २६ लाख बराबरको सुनसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा २४ वर्षीय अमृतधन राई, ४४ वर्षीय नजिर मन्सुर, ४९ वर्षीय कारी एसार केवट, २८ वर्षीय अर्जुन भट्टराई र ३० वर्षीय अनिष थापा रहेकाछन्। उनीहरूलाई सिनामंगलबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।

कतारको उडानमार्फत् नेपाल आउने केही व्यक्तिहरूले अवैधरूपमा सुन ल्याई कारोबार गर्ने गरेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष टोली परिचालन गरेको थियो।

उनीहरूो साथबाट २१४.३६ ग्राम ढिक्का सुन, ५०.०१ ग्रामको तीनटा सिक्री र एक लाख १० हजार नगदसहित पक्राउ गरिएको थियो। उक्त सुनको मूल्य साढे २६ लाख बढी रहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ७ : २८ बजे