खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

गोली लागेका स्कुल सञ्चालक सराफको उपचारको क्रममा निधन

काठमाडाैँ । अज्ञात समूहको गोली लागेर घाइते भएका स्कुल सञ्चालक रुपेश सराफको उपचारको क्रममा निधन भएको छ।

सोमबार दिउँसो सराफमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो। गोली लागेर घाइते भएका सराफको वीरगन्जस्थित वयोधा अस्पतालमा उपचारको क्रममा निधन भएको  पर्साका प्रहरी उपरीक्षक (एसपी)  कोमल शाहले बताए।  

कलैया निवासी रुपेश सराफको छाती र घाँटीमा २ राउण्ड गोली प्रहार भएको प्रहरीले जनाएको छ। कलैयाको बाल एकता बोर्डिङ स्कुल नजिकै मदर्सा टोलमा सराफमाथि गोली प्रहार भएको प्रहरीको भनाइ छ।

गोली प्रहार भएपछि उनलाई उपचारका लागि एलएस न्यूरो अस्पताल लगिएको र त्यहाबाट बयोधा अस्पताल लगिएको थियो। ३५ वर्षीय सराफ कलैया ६ का बासिन्दा हुन्।

सराफले कलैयामा बाल एकता बोर्डिङ सञ्चाल गरेका छन्। घटनास्थलमा प्रहरी पुगेको र गोली प्रहार गर्ने अज्ञात समूहको खोजी भइरहेको बारा प्रहरी प्रमुख सुरेश काफ्लेले बताए।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  २ : ४२ बजे