खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

पत्रकार सम्मेलनका क्रममा बेहोस् भइन् ढलिन भारती मानन्धर

काठमाडाैँ । आफ्ना श्रीमान चेतन मानन्धरको हत्यारा बाँकेका योगराज ढकाल (रिगल) ले सरकारबाट पाएको आममाफीको प्रतिवादमा उत्रिएकी भारती मानन्धर पत्रकार सम्मेलनका क्रममा बेहाेस भएर ढलेकी छिन् । 

साेमबार रिपाेर्टस क्लबमा पत्रकार सम्मेलन गर्ने क्रममा उनी बेहाेस भएर ढलेकी हुन् । बेहोस भएपछि उनलाई तत्कालै अस्पताल लगिएको छ । 

भारती असोज १७ देखि रिगलको विरुद्ध अनशन बस्दै आएकी छिन् । यस अवधिमा उनी पटकपटक बेहोस भए पनि चिसो सडकको अनशन रोकेकी छैनन् ।

दमको बिरामी र मानसिक समस्याले पीडित भए पनि भारती पूर्वपतिको न्यायका लागि कटिबद्ध देखिएकी छन् । नेपालगन्ज–८ का २९ वर्षीय मानन्धरमाथि २०७२ असार २८ मा धम्बोजी चोकमा रिगलको निर्देशनमा दिनदहाडै खुँडा प्रहार गरिएको थियो ।

त्यसपछि रिगल एकाएक फरार भएका थिए । घटना भएको दुई महिनापछि भदौमा रिगलले अदालतमा आत्मसमर्पण गरेका थिए । पुर्पक्षका लागि जेल पुगेका रिगललाई जिल्ला अदालत बाँकेले २०७६ वैशाखमा मानन्धरको हत्या गरेको ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय दिएको थियो ।

रिगलसहित हत्यामा संलग्न अन्य १२ जनालाई समेत कसुरअनुसार सजाय तोकेको थियो । हत्या अभियोगमा जेल परेका रिगलको सजाय संविधान दिवसको अवसर पारेर असोज ३ मा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले माफी दिएका थिए ।

भारतीले आइतबारबाट माइतीघर मण्डलामा पुनः रिले अनसन सुरु गरेकी छिन् । 

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  १ : ५८ बजे