दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

दिपेन्द्र सिंह ऐरीकाे गोलीगाँठोमा चोट,टी–२० विश्वकप छनोटका खेल गुमाउने संभावना बढ्याे

काठमाडौं । क्रिकेटर दिपेन्द्र सिंह ऐरीकाे गोलीगाँठोमा चोट लागेको छ । सोमबार सिंगापुरसँगको खेलअघि अभ्यास गर्ने क्रममा ऐरीको गोलीगाँठोमा चाेट लागेकाे हाे ।

ऐरी घाइते भएसँगै उनले  टी–२० विश्वकपको एसियाली छनोटका सबै खेल गुमाउने संभावना बढेको छ । त्यसैले उनको ठाउँमा सिंगापुरसँगको खेलमा विवेक यादवलाई प्लेइङ ११ मा राखिएको थियो ।

ऐरीलाई घाइते भए लगत्तै उपचारका लागि मेडसिटी अस्पताल लगिएको थियो । अस्पतालबाट उनी ब्यान्डेज बाँधेर र बैशाखी टेकेर त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा फर्केका थिए । ऐरीले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै विधामा राम्रो प्रदर्शन गर्दै आएका थिए ।

साेमबारकाे आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको पहिलाे खेलमा नेपालले सिङ्गापुर माथि शानदार जित हात पारेको छ। सिङ्गापुरविरुद्ध आफ्नो पहिलो खेलमा नेपाल ८ विकेटले विजयी भएको हो।  नेपालले भोलि दिउँसो सवा १ बजे मलेसियासँग खेल्ने छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  १ : ४७ बजे