दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

टी-२० विश्वकपका लागि नेपाल शत प्रतिशत छनोट हुन्छ : गुल्सन झा

काठमाडौं । नेपाली राष्ट्रिय टिमका खेलाडी गुल्सन झाले नेपाल टी-२० विश्वकपका लागि नेपाल छनोट हुने कुरामा नेपाली टीमनै विश्वस्त रहेको बताएका छन्।

सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सिंगापुरसंगको खेलपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै झाले  नेपाल टी-२० विश्वकपमा छनोट हुने शत प्रतिशत सम्भावना रहेको बताएका हुन्।

सञ्चारकर्मीले सोधेको ‘सम्भावना कत्तिको देख्नुहुन्छ क्वालिफाइ हुने?’ भन्ने प्रश्नको जवाफमा गुल्सनले भने, ‘हन्ड्रेड पर्सेन्ट।’

‘१९ वर्षमुनिको विश्वकप खेल्न पनि तपाईंले पाउँदै हुनुहुन्छ नि हैन?’ भन्ने अर्को प्रश्नका गुल्सनले अहिले आफ्नो सम्पूर्ण ध्यान विश्वकप छनोटमा रहेको बताए।

‘अण्डर १९ विश्वकप खेल्नेबारे छ त थाहा छैन, क्वालिफायरको लागि सबै फोकस अहिले यतै छ।’

साेमबारकाे आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको खेलमा नेपालले सिङ्गापुर माथि शानदार जित हात पारेको छ। सिङ्गापुरविरुद्ध आफ्नो पहिलो खेलमा नेपाल ८ विकेटले विजयी भएको हो।  

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  १ : ४० बजे