सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

शौचालयबाट भागेका कैदी दुई घण्टामै प्रहरीले समात्यो

घोराही । चोरी अभियोगमा पक्राउ परेर फरार रहेका कैदीलाई प्रहरीले समातेको छ।

घोराही उपमहानगरपालिका-१८ स्थित रझेना विद्यालय आसपास नजिकै लुकिछुपी बसेको अवस्थामा फरार रहेका घोराहीका विवेक नेपालीलाई पक्राउ गरेको पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिए।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल चेकजाँचका लागि प्रहरीले लग्दा विवेक शौचालयबाट फरार भएका थिए। प्रतिष्ठानमा उपचार गर्न आएका कैदी सौच गर्न शौचालय जाने भएपछि प्रहरीले हत्कडी खोलेपछि उनी भागेका थिए।

मोबाइल चोरेको अभियोगमा तीन दिनअघि उनी पक्राउ परेका थिए। शौचालय जान्छु भनेका नेपाली भागेपछि खोजीका लागि व्यापक प्रहरी परिचालन गरिएको थियो।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  १ : १७ बजे