दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विश्वकप छनोटमा नेपालको सुखद सुरुवात, सिंगापुर ८ विकेटले पराजित

काठमाडौं । सिंगापुरलाई ८ विकेटले हराउँदै घरेलु टोली नेपालले आईसीसी टी-२० विश्वकप छनोटमा शानदार सुरुवात गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा सोमबार टस जितेर ब्याटिङ थालेको सिंगापुरलाई १४५ रनमा सीमित गरेको नेपालले १६.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍याे ।

प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलले ७४ रन बनाए । कप्तान रोहित पौडेल ३५ रनमा अविजित रहे । आसिफ शेख २७ रन बनाएर आउट भए ।

नेपालले ८४ रन जोड्दा पहिलो विकेट गुमाएको थियो । कुशलले ४८ बलमा २ छक्का र ८ चौका प्रहार गरेर ७४ रन बनाएर क्याच आउट भए । त्यसअघि पहिला ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन जोडेको थियो ।

नेपालका अविनाश बोहराले ३ तथा सन्दीप लामिछाने, करन केसी र गुल्सन झाले २-२ विकेट लिएका थिए ।

नेपालले समूहको दोस्रो खेलमा मंगलबार मलेसियासँग खेल्नेछ ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  १२ : ०६ बजे