खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

मुगु हत्या प्रकरण : एक जना पक्राउ

काठमाडौं । गत शुक्रबार मुगुको छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँमा एकै परिवारका चारजनाको हत्या भएको घटनामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

आइतबार मध्यान्न करिब १२ बजेको समयमा जिल्ला सदरमुकाम गमगढीस्थितबिच बजार (नगरपालिका जाने बाटो) नजिकैबाट प्रहरीले शंकास्पद व्यक्तिलाई पक्राउ गरेको हो। प्रहरीले पक्राउ पर्नेको परिचय खुलाएको छैन ।

शुक्रबार छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको घरमै हत्या भएको थियो ।

तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ११ : ४४ बजे