दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

सिंगापुरविरुद्ध कुशल भुर्तेलले बनाए अर्धशतक

काठमाडौं । ​​​​​​​त्रिवि क्रिकेट मैदानमा सिंगापुरविरुद्ध ब्याटिङ गरिरहेको नेपालका कुशल भुर्तेलले अर्धशतक बनाएका छन् । भुर्तेलले २६ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै अर्धशतक बनाएका हुन् ।

१४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालका ओपनरद्वय आशिफ शेख र कुशल भुर्तेल ब्याटिङ गरिरहेका छन् । यसअघि ब्याटिङ गरेको सिंगापुरले १४५ रन बनाएको थियो ।

आईसीसी टी-२० विश्वकप एसिया फाइनलको छनोटअन्तर्गत आज भएको खेलमा सिंगापुरले टस जितेर ब्याटिङ रोज्दै नेपाललाई फिल्डिङको निम्तो दिएको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ११ : ३८ बजे