दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

सिंगापुरले नेपाललाई दियो १४६ रनको लक्ष्य

काठमाडौं । टी-२० विश्वकपको एसिया छनोट अन्तर्गतको पहिलो खेलमा सिंगापुरले नेपाललाई १४६ रनको रक्ष्य दिएको छ ।

सोमबार बिहान त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनायो ।

आजबाट सुरु भएको एसिया छनोट खेलमा घरेलु टोली नेपाल समूह ‘ए’ रहेको छ । नेपालको समूहमा सिंगापुर, ओमान र मलेसिया रहेको छ भने समूह ‘बी’ मा युएई, बहराइन, हङकङ र कुवेत रहेको छ ।

नेपालले आफ्नो दोस्रो खेल कार्तिक १४ गते मलेसियासँग र तेस्रो खेल कार्तिक १६ गते ओमानसँग खेल्ने छ ।

समूह ‘ए’ र समूह ‘बी’बाट शीर्ष दुई दुई टोली सेमिफाइनल पुग्नेछन् । फाइनल पुग्ने दुई टोलीले सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकप खेल्न पाउनेछन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ११ : ०५ बजे