दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

नेपाललाई पहिलो सफलता: करणले लिए सिंगापुरका क्याप्टेनको विकेट

काठमाडौं। आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट क्रिकेट अन्तर्गत जारी खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ। नेपालका बलर करण केसीले सिंगापुरका क्याप्टेन  अरित्र दत्तलाई आउट गरेका छन्।

नेपाल र सिंगापुरको खेल त्रिवि मैदान कीर्तिपुरमा बिहान ९ बजेदेखि सुरु भएको छ। सिंगापुरले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ। 

सन् २०२४ मा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताका लागि एसियाली क्षेत्रका ८ राष्ट्रबीचको खेल सोमबारदेखि नेपालमा हुन लागेको हो।

छनोट प्रतियोगिताको पहिलो दिन चार खेल हुनेछन्। कीर्तिपुर मैदानमा हुने नेपाल र सिंगापुरबीचको खेल नेपाली समय अनुसार, बिहान ९ बजे सुरु हुनेछ। सोही समयमा मुलपानी क्रिकेट मैदानमा बहराइन र यूएईबीच दोस्रो अर्को खेल हुनेछ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ९ : २८ बजे