खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

राष्ट्रसंघका महासचिवले आज उच्च हिमाली क्षेत्रको भ्रमण गर्ने

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आजबाट उच्च हिमाली क्षेत्रको अवलोकन भ्रमण सुरु गर्दै छन् । आइतबार राजनीतिक भेटघाट गरिसकेका उनले आजबाट उच्च हिमाली क्षेत्रको अवलोकन भ्रमण सुरु गर्न लागेका हुन् । 

गुटेरेसले सगरमाथा क्षेत्र, पोखरा, अन्नपूर्ण बेस क्याम्प, लुम्बिनीलगायतको क्षेत्रको भ्रमण गर्नेछन् । गौतम बुद्धको देश भएकाले लुम्बिनी र जलवायु परिवर्तनले हिमाली भू–भागमा पारेको असर बुझ्न उनले उच्च हिमाली क्षेत्रको भ्रमण गर्न लागेका हुन् । 

आइतबार उनले नेताहरूसँगको भेटमा जलवायु परिवर्तनले तल्लो भू–भागमा पारेको असरहरू धेरै सुनिए पनि उच्च भू–भागमा पारेको असर कम सुनिएका बताएका थिए । 

यही कारण नेपालजस्ता उच्च भू–भाग भएका देशमा जलवायु परिवर्तनले नागरिकको दैनिक जीवनमा कस्तो असर गरेका छ भन्ने बारे बुझ्न नेपाल आएको उनले बताएका थिए । 

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ८ : ०५ बजे