यस्तो छ आजको विनिमय दर

यी प्रहरीहरुलाई सात दिनभित्र हाजिर हुन ​​​​निर्देशन

​​​​​​​काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले गैरहाजिर प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन दिएको छ । आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा तथा सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएका २२ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ । 

गैरहाजिर हुनेमा प्रहरी जवानदेखि हवल्लार तथा सहायक निरिक्षकसम्म २२ जना छन् । 

 

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ७ : ४८ बजे