यस्तो छ आजको विनिमय दर

इजरायलमा मारिएका थप तीन नेपाली विद्यार्थीको शव पहिचान

काठमाडौं । इजरायल आक्रमणका क्रममा मारिएकामध्ये थप तीन नेपाली विद्यार्थीको शवको पहिचान भएको छ । इजरायलस्थित नेपाली दूतावासका अनुसार मृतक पदमबहादुर थापा, प्रवेश भण्डारी र राजन फुलाराको पहिचान भएको हो ।

दूतावासले उनीहरूको पासपोर्ट नम्बरसहित नाम सार्वजनिक गरेको छ । दूतावासले ज्यान गुमाएका १० जनामध्ये अहिलेसम्म ८ जनाको शव पहिचान भएको जनाएको छ । बाँकी विद्यार्थीको शव पहिचानको क्रममा रहेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ८ : १६ बजे