खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

मकवानपुरमा भीरबाट लडेर ७० वर्षीय वृद्धको मृत्यु

मकवानपुर । मकवानपुरमा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।

आइतबार दिउँसो घर नजिकै घाँस काट्न जाँदा भीरबाट लडेर   भीमफेदी गाउँपालिका–३, बेसारघारीका ७० वर्षीय गणेश बहादुर स्याङ्तानको मृत्यु भएको प्रहरीले जनाएको छ । स्याङ्तानको मृत्यु भएको  खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ५ : ११ बजे