सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

ढुंगाले हानेर छोराले गरे बुबाको हत्या

कैलाली । कैलालीको जानकी गाउँपालिकामा एक युवकले गएराति ढुंगाले हानेर आफ्नै बाबुको हत्या गरेका छन्।

जानकी गाउँपालिका वडा नम्बर ३ लायकपुरका २४ वर्षका गणेश चौधरीले आफ्नै बुवा ४५ वर्षका हिरासिंह चौधरीको हत्या गरेको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ।

डिएसपी विश्वराज अधिकारीका अनुसार मदिरा सेवन गरेका बुवासँग छोराको विवाद हुँदा घटना भएको हो।

‘आपसी विवाद भएका बेला ढुंगाले प्रहार गरेपछि बुवाको मृत्यु भएको देखिन्छ’ उनले भने, ‘घटनामा संलग्न छोरालाई राति नै नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।’

उनले घटनामा संलग्न चौधरीलाई म्याद थपका लागि कैलाली जिल्ला अदालतमा पठाइएको बताए।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ३ : ४३ बजे