सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

गीत सुन्ने विषयमा विवाद हुँदा एक युवकको हत्या

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ सोनापेडा बस्ने २४ वर्षीय रूपेश चमारको हत्या भएको हो। सोही वडाको धानखेतमा उनको शव फेला परेको थियो।

हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरिसकेको छ। पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ बस्ने पवन सहनी र हरिचन मण्डल छन्।

जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार मृतक र अभियुक्तहरू भारतमा लागूऔषध सेवन गरेर फर्किंदा मृतकको मोबाइलमा गीत सुन्ने विषयमा विवाद हुँदा उनीमाथि कुटपिट गरिएको थियो भने उनी बेहोश भएपछि अभियुक्तहरूले धान खेतमा फालेर भागेका थिए।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  २ : ३४ बजे