दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

इजरायल– हमास युद्धमा मारिने पत्रकारको संख्या २७ पुग्यो

​​​​​​​तेल अबिब । पछिल्लो इजरायल – हमास युद्धका कारण रिपोर्टिङ कार्य क्षेत्रमा हालसम्म सत्ताइस पत्रकारहरू मारिएका छन् । मारिने पत्रकारहरूमा २२ जना प्यालेस्टाइनी, ४ जना इजरायली र एक जना लेबनानी पत्रकार रहेका छन् । 

युद्ध क्षेत्रको समाचार सङ्कलनका क्रममा घाइते हुने सञ्चारकर्मीको संख्या आठ पुगेको छ भने नौ जना पत्रकारहरू हराइएका र बन्दी बनाइएको सूचीमा छन् । 

यस्तै दर्जनौं पत्रकारहरू दुर्व्यवहार, गिरफ्तारी, धम्कीको मारमा परेका छन् । साइबर आक्रमण र सेन्सरसिपको मारमा इजरायल र प्यालेस्टाइनी पत्रकारहरू तथा  सञ्चारमाध्यमहरू मात्र परेका छैनन्, सयौँको सङ्ख्यामा विदेशी मिडिया र सञ्चारकर्मीहरू पनि साइबर आतङ्कको मारमा परेका छन् । 

युद्धको कारण मिडिया क्षेत्रमा परेको सङ्कटको अनुगमन गर्ने अन्तराष्ट्रिय मानव अधिकारवादी संस्थाहरूले मध्यसागर क्षेत्रका द्वन्द्वग्रस्त देशहरू खासगरी इजरायल, लेबनान र प्यालेस्टाइनी क्षेत्रमा आम नागरिक सहित पत्रकारहरूको जीवन निकै जोखिममा परेकोमा चिन्ता प्रकट गरेका छन् ।
कमिटी टु प्रोटेक्ट जर्नालिस्टले युद्ध क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूलाई लक्षित आक्रमण नगर्न दुवै पक्षसँग अनुरोध गरेको छ । 

यसैबीच गाजा क्षेत्रमा ‘टेलिफोन र इन्टरनेट सेवा’ पुरै अवरुद्ध भएको र यसबाट मानवीय संकट झन भयावह बन्न पुगेकोले अभिव्यक्ति स्वतन्त्रताको क्षेत्रमा कार्यरत विश्वका विभिन्न क्षेत्र र देशका नागरिक संस्थाहरूले साझा वक्तव्य जारी गर्दै टेलिकम र र इन्टरनेट सेवा लाई पुन: सञ्चालनमा ल्याउन इजरायल सरकारसँग माग गरेका छन् । यो माग गर्ने नागरिक संस्थाहरूको अन्तराष्ट्रिय सूचीमा नेपालको संस्था फ्रिडम फोरम समेत सहभागि छ । 

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  १ : ४८ बजे