दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

ओटिस आँधीका कारण दक्षिणी मेक्सिकोमा २७ जनाको मृत्यु

एजेन्सी । मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा आँधी ओटिसका कारण कम्तिमा २७ जनाको मृत्यु भएको छ भने सयौँ जना बेपत्ता भएका छन्।

ओटिस आँधीले गुरेरोमा ठूलो मानवीय र भौतिक क्षति गरेको छ। हजारौँ सांस्कृतिक संरचनाहरू ध्वस्त बनाएको बताइएको छ।

घरका छाना र झ्यालहरू उडाएको र सडकमा बाढी आएको बताइएको छ।

मेक्सिकोको बन्दरगाह शहर अकापुल्को र वरपरका समुदायहरुम रुखहरु र बिजुलीका खम्बाहरू ढालेका छन्।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  १ : ३८ बजे