काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि उच्च अंकको रेकर्ड राखेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । आज छापावाल सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघकाअनुसार आज चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार १२ : ०० बजे
प्रतिक्रिया