खुर्काेटमा बेलिबृज जडान सुरु

मुगु हत्याकाण्ड : कुकुरसहितको विशेष अनुसन्धान टोली घटनास्थलमा

मुगु । मुगुको छायानाथ रारा नगरपालिका–६ स्थित मुन्दुगाउँमा आमासहित दुई छोरा र एक छोरीको हत्याको अनुसन्धानका लागि कुकुर सहित प्रहरीको विशेष अनुसन्धान टोली घटनास्थल आइपुगेको छ।

मुगु प्रहरीले शुक्रबारदेखि सिल गरेर राखेको घटनास्थलमा प्रदेश प्रहरी कार्यालयको विशेष अनुसन्धान टोली र कोहलपुरबाट मुगुका लागि हिडेको कुकुरसहितको टोली घटनास्थलमा आइपुगेकाे हाे । मुगु सामूहिक हत्या प्रकरणका मुख्य दोषी र घटनाबारे अनुसन्धान गर्न कर्णाली प्रदेश प्रहरीको विशेष टोली घटनास्थलमा खटाइएको छ। 

२८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो । उनीहरुको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको बताइएको छ। 

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  १ : ०० बजे