सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

बाबुले आफ्नै २० दिनको छोरालाई बन्धक बनाएपछि….

खजुरा । बाँकेको कोहलपुरमा एकजना बाबुले आफ्नै २० दिनको बालक छोरालाई बन्धक बनाएर मार्न खोज्दा प्रहरीले बालकको उद्धार गरेको छ ।

कोहलपुर -२ दीपनगरका कुशल थापाले आफ्नै २० दिनको नवजात छोरालाई आफ्नै घरमा बन्धक बनाएर परिवारका अन्य सदस्यलाई बाहिर राखी भित्रबाट चुकुल लगाएर मार्ने धम्की दिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।

सूचना पाएपछि उद्धारका लागि गएको प्रहरी टोलीमाथि थापाले चक्कु प्रहार गर्दा इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारी घाइते भएको डिएसपी डाँगीले जानकारी दिए । 

डिएसपी तिवारीले थापालाई झ्याल बाहिरबाट लामो समयसम्म सम्झाउने प्रयास गर्दा पनि नमानेपछि झ्यालबाट भित्र छिर्ने क्रममा तिवारीमाथि चक्कु प्रहार गरेका थिए । चक्कुको झटारोबाट डिएसपी तिवारीको दाहिने हातको कुहिनामा चोट लागेको र उपचारका क्रममा ७–८ वटा टाँका लगाइएको प्रहरी प्रवक्ता डाँगीले बताए । 

त्यसपछि प्रहरी टोलीले ढोका फोडेर थापालाई नियन्त्रणमा लिएको थियो । गए राति करिब ११ बजेदेखि थापाले छोरालाई बन्धक बनाएर मार्ने धम्की दिँदै गर्दा परिवार र आफन्तले उद्धारका लागि प्रहरीलाई खबर गरेका थिए । परिवारको भनाइलाई उद्धृत गर्दै प्रहरी प्रवक्ता डाँगीले थापाको मानसिक सन्तुलन ठीक नभएको बताए ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ९ : २६ बजे