दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

मध्य गाजामा प्रवेश गर्‍यो इजरायली ट्यांक

काठमाडौं। इजरायलका थल सेनाले पनि गाजामाथि आक्रमण सुरू गरेको छ।

यसअघि हवाइ आक्रमणमात्र गरिरहेको इजरायली सेनाले थलमार्गबाट समेत आक्रमण सुरू गरेको हो।

इजयरालको डिफेन्स फोर्स (आइडिएफ) ले पछिल्लो २४ घन्टामा इजरायली सेनाले गाजाको मध्य क्षेत्रमा ‘टारगेटेड रेड’ मा हमासको दर्जनौं आधार शिविरमा आक्रमण गरेको जनाएको छ।

इजरायली सेनाले वक्तव्य जारी गर्दै मध्य गाजाको शुज्जैया क्षेत्रमा थलका साथै फाइटर जेट र ड्रोन पनि प्रयोग गरेको बताएको छ।

आइडिएफले ट्यांकनिरोधक मिसाइल लन्च गर्ने स्थान, सैन्य कमान्ड–कन्ट्रोल सेन्टर र हमासको लडाकुलाई निशाना बनाएको छ।

आक्रमणपछि इजरायली सेना पुनः आफ्नो सीमा फर्किएको र कुनै पनि इजरायली सेना हाताहात नभएको बताइएको छ।

 

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ३ : ३९ बजे