काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चार दिने नेपाल भ्रमणका क्रममा पर्सि काठमाडौं आउने भएका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतसँग भेटवार्ता गर्नेछन् ।
उनले १४ गते संघीय संसद बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । जलवायु परिर्वतनले हिमालमा परेको असर प्रत्यक्ष हेर्नुका साथै लुम्बनी र पोखरा समेत जाने छन् ।
गुटेरेसको सुरक्षा जिम्मा नेपाली सेनालाई
महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको सुरक्षाको जिम्मा नेपाली सेनाले लिने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणामा नेपाल आउन लाग्नु भएका गुटेरेसको भ्रमण राजकीय बनाउने क्रममा नेपाली सेनाको नेतृत्वमा सुरक्षा प्रदान गर्न लागिएको जिल्ला सुरक्षा परिषद् काठमाडौंले जनाएको छ ।
गुटेरेसलाई सुरक्षा दिन जिल्ला सुरक्षा परिषद् काठमाडौं र ललितपुरको बैठकले सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएको हो । बैठकले पहिलो तथा भित्री घेरामा सेना बीचमा नेपाल प्रहरी र बाहिरी सुरक्षामा सशस्त्र प्रहरी रहने निर्णय गरेको छ ।
प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार १ : ५५ बजे
प्रतिक्रिया