खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधान सेनापति प्रभुराम शर्मा ३ दिने भ्रमणका लागि चीन प्रस्थान

काठमाडाैँ । नेपाली सनेाका प्रधान सेनापति प्रभुराम शर्मा ३ दिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन् ।

१०औं बेइजिङ सियाङशन फोरममा सहभागिताका लागि प्रधान सेनापति शर्मा शुक्रवार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

शर्मालाई रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा र नेपाली सेनाका रथी सीताराम खड्काले त्रिभुवन विमानस्थल पुगेर बिदाइ गरे ।

प्रधान सेनापति शर्मा केही समयअघि मात्र भारत भ्रमणमा गएर फर्किएका थिए ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  १ : ४४ बजे