यस्तो छ आजको विनिमय दर

आजदेखि सरकारी कार्यालय खुल्दै

काठमाडौं। बडादशैंका अवसरमा सरकारले दिएको बिदा सकिएसँगै आजदेखि सबै सरकारी कार्यालयहरु खुल्दैछन्। 

सरकारले दशैंको अवसरमा कात्तिक ४ फूलपातीदेखि ९ गते द्वादशीसम्म बिदा दिएको थियो।

आजदेखि कार्यालय खुल्ने भएपछि गाउँबाट कार्यथलोतर्फ फर्किने बढेका छन्। बडादशैं भने भोलि पूर्णिमाका दिन समापन हुनेछ।

पर्याप्त गाडी नचलेको र यातायात व्यवसायीले भाडामा मनपरी गरेको सर्वसाधारणको गुनासो छ।

यस्तै आज पनि टीका लगाउने क्रम जारी छ। टाढा रहेका आफन्तहरुसँग पूर्णिमाका लागि दिनसम्म टीका लगाउने प्रचलन रहेको छ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ८ : २९ बजे