दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन

काठमाडौँ – चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ। उनलाई बिहीबार हृदयघात भएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् । तत्कालै अस्पताल पुर्याए पनि शुक्रबार मध्यरात उनको निधन भएको थियो ।

६८ वर्षीय पूर्वप्रधानमन्त्री खछ्याङ गत मार्च महिनामा प्रधानमन्त्रीको दोस्रो कार्यकाल पूरा गरेर बिदा भएका थिए। एक दशक चीनको प्रधानमन्त्री रहेका उनी आर्थिक सुधारवादी नेताको रुपमा छबि बनाएका थिए। राष्ट्रपति सी जिनपिङपछि सत्तारूढ सीपीसीका दोस्रो वरियतामा रहेका ली सांघाइमा बस्दै आएका थिए।

ली खछ्याङ सन् २०१३ मा चीनको प्रधानमन्त्री बनेका थिए। उनी चिनियाँ क्याबिनेटको स्टेट काउन्सिल प्रमुख थिए। तर पछिल्लो समय राष्ट्रपति सी चिनफिङसँग उनको सम्बन्ध त्यति सुमधुर थिएन । उनी पूर्वराष्ट्रपति हु जिन्ताओ निकट मानिन्थे । गत पार्टीको कंग्रेस बैठक स्थलबाटै हु जिन्ताओलाई निकालिएको थियो ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ७ : २९ बजे