साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

एमाले नुवाकोटका नेता नेत्र बहादुर तामाङको निधन

​​​​​​​नुवाकोट । नेकपा एमाले नुवाकोटका नेता नेत्रबहादुर तामाङको निधन भएको छ । एमाले नुवाकोटका पूर्व जिल्ला कमिटी सदस्य समेत रहेका तामाङको ७७ वर्षको उमेरमा बिहीबार ककनी गाउँपालिका वडा नम्बर ५ मा निधन भएको एमाले नुवाकोटका प्रचार विभाग सचिव समिर बलामीले दैनिकीलाई जानकारी दिए । स्वर्गीय नेत्रबहादुरको बिहीबार नै बुद्ध धर्म अनुसार अन्त्येष्टि गरिएको छ ।

तामाङको तीन छोरा, छोरी र पत्नी रहेका छिन । ताङका एक छोरा राजु लामा एमाले बागमती प्रदेश कमिटीका पूर्व सदस्य हुन भने सार्क जर्नलिष्ट फोरमका अध्यक्ष हुन । त्यस्तै अर्का छोरा बिरेन्द्र स्याङताङ पनि ककनी गाउँपालिका वडा नम्बर ५ का नेता रहेका छन ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहिबार  ५ : ४७ बजे