दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

कर्मचारीले बियर कारखानाको ट्याङ्कीमा पिसाब गरेपछि…

काठमाडौं । यसै साता एक कर्मचारीले बियर कारखानाको कच्चा सामग्रीमा पिसाब गरेको भिडियो भाइरल भएको छ । 

चीनको सबैभन्दा ठूलो बियर निर्मातामध्येको एक सिङ्ताओ ब्रुअरी कम्पनीको गोदाममा उक्त घटना घटेपछी अनुसन्धान सुरु भएको हो ।

बिहीबार अनलाइनमा प्रकाशित एक भिडियो क्लिपमा कथितरूपमा सिङ्ताओ ब्रुअरी कम्पनीको गोदाममा एक पुरुष कर्मचारीले अग्लो पर्खालबाट बियरको कच्चा सामग्रीमा पिसाब गरिररहेको देखाइएको छ । उक्त फुटेज चिनियाँ सामाजिक सञ्जालमा भाइरल भएको छ।

यस भिडियोलाई लोकप्रिय प्लेटफर्म विबोमा लाखौँपटक हेरिएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार  ५ : ५२ बजे