बोलेरो दुर्घटनामा दुई जनाको मृत्यु

दोलखा – दोलखामा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

विगु गाउँपालिका-२ ओराङमा बा १४ च ८९३४ नम्बरको बोलेरो दुर्घटना हुँदा सोही ठाउँका चिनिमाया तामाङ र बलिमाया तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दोलखाको सिंगटीबाट बासपानी जाँदै गरेको बोलेरो ओराङ राईबेटारमा सोमबार बेलुका पौने ७ बजे दुर्घटना हुँदा ६ जना घाइते भएका थिए। 

घाइते भएका ६ जनामध्ये तीन जनाको सिगटीमा उपचार भइरहेको र गम्भीर घाइते तीन जनालाई थप उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  ७ : २६ बजे