दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

हमासद्वारा दुई इजरायली बन्धक रिहा

काठमाडौं । कट्टरपन्थी समूह हमासले थप दुई बन्धकलाई रिहा गरेको छ । रिहा भएका दुबै नागरिक इजरायली हुन् ।

हमासले मानवीय र स्वास्थ्यका कारण दुबै वृद्ध महिला ७९ वर्षकी नुरित कपुर र ८५ वर्षकी योचेवेद लिफशिट्जलाई रिहा गरेको हो । उनीहरुलाई उपचारका लागी तेल अविव ल्याइएको छ ।

इजरायलले बन्धकहरुको रिहाइका लागि मध्यस्थता गरेको मिश्रसँगै दुबै महिलालाई ल्याउन महत्वपूर्ण भूमिका खेलेको रेडक्रसलाई धन्यवाद दिएको छ ।

इजरायली अधिकारीहरुका अनुसार नुरित कपुरका ८५ वर्षका पति अमीरम र लिफशिट्जका ८३ वर्षका पति ओडेडलाई भने अहिले पनि हमासले बन्धक बनाएको छ ।

हमासले यसअघि दुई अमेरिकी नागरिकलाई रिहा गरेको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  ११ : ४६ बजे