काठमाडौंमा करेन्ट लागेर एक जनाकाे मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ नयाँबजार डेरा गरी बस्ने बारा मधुवन नगरपालिका-१ घर भएकी ३४ वर्षीया लिलावती चौघरीको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका-१६ नयाँबजारस्थित आफैले संचालन गरेको चौधरी खाजा घरमा फ्रिज चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको महारजगंजस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ६ : २२ बजे