दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

कति बन्धक छन् हमासको हिरासतमा ?

एजेन्सी । इजरायली सेनाले गाजामा बन्धक बनाएका मानिसहरूसँग सम्बन्धित नयाँ जानकारी दिएको छ। सेनाको विश्वास छ कि हमासले गाजामा २१२ सर्वसाधारणलाई बन्धक बनाएको छ।

गत शुक्रबार हमासले दुई अमेरिकी नागरिकलाई रिहा गरेको थियो । अक्टोबर ७ मा भएको आक्रमणपछि बन्धकको यो पहिलो रिहाइ थियो।

जसपछि इजरायली सेनाका प्रवक्ताले शनिबार हमाससँग इजरायल र अन्य देशका कुल २१२ बन्धकहरू बाँकी रहेको बताए।

इजरायली सेनाले बन्धकहरूमा २० बालबालिका र ६० वर्षभन्दा माथिका १० देखि २० व्यक्ति रहेको बताएको छ । बीबीसी

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ५ : ०५ बजे