दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

इजरायलले गाजामा आक्रमण तीव्र पार्ने

एजेन्सी । इजरायलले गाजा पट्टीमा आक्रमणलाई तिव्रता दिने बताएको छ ।

इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले गाजा स्ट्रिपमा हमासलाई निशाना बनाएर आक्रमण गर्ने क्रम पहिलेको भन्दा बढी हुने बताएका छन् ।

उनले गाजा सहरमा बसोबास गर्ने मानिसहरूलाई यी आक्रमणहरूबाट बच्न दक्षिणतिर जान आग्रह गरेका छन्।

यससँगै सेनाले गाजामा पर्चा पनि खसालेको छ । यसमा लेखिएको छ कि उत्तरमा बसोबास गर्ने मानिसहरू हमासको सहयोगीका रूपमा देख्न सकिन्छ।

अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्‍यो, जसमा १४०० भन्दा बढी मानिस मारिए।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गाजामा द्वन्द्व सुरु भएदेखि अहिलेसम्म ४ हजारभन्दा बढी मानिसको मृत्यु भएको जनाएको छ।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  १० : १४ बजे