काठमाडौँ – नेपाल वायु सेवा निगमले तीनवटा जहाज खरिदका लागि टेन्डर आह्वान गरेको छ। इन्टरनेसल कम्पिटिटिभ बिडिङ (आईसीबी) मार्फत निगमले जहाज खरिद गर्न लागेको हो।
आइतबार पहिलोपटक प्रकाशित गरेको सूचना अनुसार ५ डिसेम्बर २०२३ सम्ममा इच्छुक कम्पनीलाई आफ्नो प्रस्ताव पेस गर्न भनिएको छ । निगमले सर्ट टेकअफ र ल्यान्डिङ गर्न मिल्ने तीनवटा सानो जहाज खरिद गर्न लागेको हो ।
प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार ८ : ५४ बजे
प्रतिक्रिया