काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं – काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ।

 आइतबार बिहान ७ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । अमेरिकी भूगर्भ अध्ययन संस्था यूएसजीएसका अनुसार भूकम्पको तिव्रता ५.२ रेक्टर स्केल मापन गरिएको छ ।

 भूकम्पको धक्का काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, चितवन आदि जिल्लाहरुमा महसुस गरिएको छ।

यो भूकम्प २०७२ वैशाख १२ मा बारपाक केन्द्रविन्दु बनाइ गएको भूकम्पकै परकम्प हो कि नयाँ कम्पन हो भन्ने कुरा राष्ट्रिय भूकम्प मापन केन्द्रले खुलाइसकेको छैन।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ७ : ४८ बजे