आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

शनिबार केही बेर विमानस्थल बन्द

काठमाडौँ । मलेसियाको क्वालम्पुरबाट काठमाडौँ आएको मालिन्डो एयरमा चरा ठोक्किएको आशङ्कापछि शनिबार केही बेर विमानस्थल बन्द गर्नुपरेको छ । विमान अवतरण गर्ने क्रममा मरेको चरा भेटिएपछि चेकजाँचका लागि केही बेर विमानस्थल बन्द गर्नुपरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार मालिन्डो एयरले अवतरण गर्ने क्रममा ‘सस्पेक्टेड बर्ड स्ट्राइक’ रिपोर्ट गरेको थियो । त्यसैको चेकजाँचका लागि करिब २० मिनेट विमानस्थल बन्द गर्नुपरेको उनको भनाई छ । हवाई सुरक्षाका लागि यो नियमित प्रक्रिया भएको उनले बताए । विमानमा भने कुनै क्षति नदेखिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ९ : ३४ बजे