जापानलाई हराउँदै नेपाल यू-१९ एसिया कपमा

काठमाडौं । जापानमाथि १४४ रनको जित हात पार्दै नेपालले यू-१९ एसिया कपमा स्थान बनाएको छ । 

वर्षाले प्रभावित सेमिफाइनलमा जापानलाई डकवर्थ लेविस पद्दतिमा १ सय ४४ रनले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ । फाइनलमा पुगेसँगै नेपालले एसिया कपमा स्थान बनाएको हाे।

नेपाल २५ ओभरमा २ विकेट गुमाएर १ सय ४० रनको स्थितिमा रहँदा वर्षाले खेल बाधक बनाएको थियो । त्यसपछि लामो समय वर्षा हुँदा जापानले २२ ओभरमा जितका लागि १ सय ८७ रनको लक्ष्य पाएको थियो ।

लक्ष्य पछ्याएको जापान ११.५ ओभरमा ४३ रनमा समेटियो। 

नेपालका लागि हेमन्त धामी र दीपेश कंडेलले ३-३ विकेट लिए । सुभाष भण्डारीले २ र आकाश चन्दले १ विकेट हात पारे ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ४ : ४९ बजे