हङकङलाई ७९ रनले हराउँदै नेपाल फाइनलमा

काठमाडौँ । त्रिकोणात्मक टि २०आई सिरिज अन्तर्गतको तेस्रो खेलमा हङकङलाई ७९ रनले हराउँदै नेपाल फाइनलमा पुगेको छ । नेपाल एक खेल आगवै फाईनलमा पुगेको हो ।

 

जितको लागि नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन बनायो । हङकङको लागि अंशे रथले सर्वाधिक ४५ रन बनाए । उनीे ६ चौका प्रहार गर्दै दिपेन्द्र सिंह ऐरीको बलमा आउट भए । यस्त,ै एजाज खानले २५ र बाबर हायतले २० रन बनाउदा ओपनर मार्टिन कोट्जि पहिलो बलमै गोल्डेन डक आउट भए ।
 

नेपालको लागि करण केसिले ४ ओभरमा एक मेडनसहित २५ रन खर्चेर दुई विकेट लिए । यस्तै सोमपाल कामि र ललित राजवंशीले समान दुई दुई विकेट लिदा दिपेन्द्र सिह ऐीले एक विकेट लिए ।

त्यसअघि माथिल्लो मुलपानि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १३ रन बनाएको थियो। पाँचौ विकेटका लागि कुशल मल्ल र दीपेन्द्रले १ सय ४५ रनको साझेदारी गरेका थिए । कुशलले आफ्नो करिअरको दोस्रो अर्धशतक बनाउने क्रममा ९ छक्का सहित ९२ रनको आक्रामक इनिङ खेले । ४१ बलको सामना गरेका उनले ३ चौका समेत प्रहार गरेका थिए । यता, दीपेन्द्रले सातौं अर्धशतक बनाउने क्रममा ५७ रनको इनिङ खेले । उनले ३३ बलमा ६ चौका र २ छक्का प्रहार गरेका थिए ।

हङकङका लागि मोहमद घजन्फ़रले २ विकेट लिएका थिए भने आयुष शुक्ला, हरुन अर्षद र एजाज खानले १/१ सफलता हात पारे ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  २ : ३३ बजे