मनकामना केबलकार तीन दिन बन्द हुने

मुग्लिन । दसैँमा तीन दिन मनकामना केबलकार बन्द हुने भएको छ ।

मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले दसैँमा तीन दिन नवमी, दशमी र एकादशीका दिन बन्द हुने जानकारी दिनु भएको हो । कात्तिक ६, ७ र ८ गते मनकामना केबलकार बन्द हुने र कात्तिक ९ गतेदेखि नियमित रुपमा  सञ्चालनमा आउने नायब प्रबन्धक शेरचनले बताउनुभयो ।

प्रसिद्ध धार्मिकस्थल मनकामना माता माईको मन्दिर सहजताका साथ जान लागि २०५५ सालमा मनकामना केबलकार स्थापना गरिएको थियो । 

 

 

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  १ : ५८ बजे