मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मकवानपुर । त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भैसे-हेटौंडा सडकखण्डमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भीमफेदी गाउँपालिका-१ बाघझोरामा भैसेबाट हेटौंडातर्फ जाँदै गरेको ना १७ प २१८९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक भीमफेदी ६ बैंकरोड बस्ने ३४ वर्षीय सुमिन लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको पछाडी सवार सोही स्थानका ३० वर्षीय रोमन बस्नेतको बायाँ खुट्टामा र च्यापुमा चोट लागेको प्रहरीले जनाएको छ । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ११ : १६ बजे