रुसी सेनामा भर्ती भएका नेपाली युवक युद्धमा मारिए

काठमाडौं । रुसी सेनामा भर्ती भएका एक नेपाली युवक युक्रेनको कारबाहीमा मारिएका छन् ।

केही महिनाअघि मात्र रुसी सेनामा भर्ती भएका सन्दीप थपलिया युक्रेनको बाख्मुत सहरमा भएको युद्धमा मारिएका हुन् ।

न्युयोर्क टाइम्सका अनुसार ल्याब टेक्निसियन पढेका उनी नेपालमा जागिर नपाएपछि रुसी सेनामा भर्ना हुन रुस गएका थिए ।

रुसले सन् २०२२ फेब्रुअरीदेखि युक्रेनमा आक्रमण गरिरहेको छ । यस क्रममा रुस र युक्रेन दुवै देशले विदेशी मूलका मानिसलाई पनि सेनामा भर्ती गरिरहेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  १० : २२ बजे