दसैँमा उपत्यका छाडेर घर जानेको संख्या बढ्दै

काठमाडौँ – नेपालीहरुको महान चाड दसैँ नजिकिँदै जाँदा उपत्यका छाडेर घर जानेको संख्या दिनहुँ बढ्दै गएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार शुक्रबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्र एक लाख एक हजार सर्वसाधारणले उपत्यका छाडेर गएको जानकारी दिएको छ । 

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार हालसम्म ६ लाखभन्दा धेरै सर्वसाधारणले काठमाडौं उपत्यकाबाट बाहिरिएको र यो वर्ष १२ लाख जना बाहिरिने आकलन रहेको जानकारी दिए । 

​​​​​​​उपत्यका भित्र रोजगारी, अध्ययन तथा अन्य पेसा–व्यवसायका लागि बस्दै आएकाहरू दशैँ मनाउन धमाधमआ-आफ्नो घर फर्किरहेका छन् ।महँगो हवाई टिकट र सार्वजनिक सवारीसाधनको कमीहुँदा सर्वसाधारणले बिगत जस्तै यस वर्ष पनि सास्ती झेल्नु परेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ७ : ३४ बजे