आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

इजरायलबाट ४ नेपाली विद्यार्थीको शव आज नेपाल पठाइदै

काठमाडौँ – इजरायलमा हमास समूहको आक्रमणमा परी निधन भएका १० जना नेपाली विद्यार्थी मध्ये ४ जनाको शव भोलि आइतवार काठमाडौँ आइपुग्ने भएको छ ।

इजरायलस्थित नेपाली राजदूतावासले विज्ञप्तीमार्फत सो जानकारी दिएको हो ।

आज सम्मूर्ण प्रकृया पूरा गरी दिउँसो १:२५ बजे फ्लाइदुवाईको उडान नं FZ 1210 मार्फत ४ जना विद्यार्थीको शव पठाउन लागिएको दूतावासले जनाएको छ ।

भोलि फ्लाइदुवाईकै फ्लाइट नं FZ8351 मार्फत ती शवहरु काठमाडौँ आइपुग्ने विज्ञप्तीमा उल्लेख छ ।

दूतावासले हमासको आक्रमणमा परी सम्पर्क विहिन भएका विपिन जोशीको खोजी कार्य जारी रहेको पनि जनाएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ६ : ५९ बजे