यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते,५ जनाको अवस्था गम्भीर

मकवानपुर । धरान–चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बकैयामा यात्रुवाहक बस दुर्घटना भएको छ ।

शुक्रबार अपरान्ह ३ बजे हेटौंडाबाट जुईनातर्फ जाँदै गरेको ना ४ ख ३९८८ नम्बरको बस बकैया गाउँपालिका-५ को तीनतलेमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा १५ जना घाइते भएका छन् भने ५ जनाको अवस्था गम्भीर रहेको अस्थायी प्रहरी बिट गरगरेले जनाएको छ ।

घाइतेहरुलाई उपचारको लागि हेटौंडा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ८ : ३६ बजे